पिसजाेनकाे लोकनृत्य प्रतियोगिता सम्पन्न  (तस्विरहरू सहित)

इटहरी । सुनसरीको इटहरीस्थित पिसजाेन अावासिय माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८,९ र १० का विद्यार्थीहरूले शुक्रवार लोकनृत्य प्रतियोगिता सम्पन्न गरेका छन् । कार्यक्रममा  हराएका र लोप हुँदै गएका घाटु , कौडा जस्ता सांस्कृतिक एवम् लोक नृत्यहरू प्रस्तुत गरिएको थियो । प्रतियोगितामा कक्षा ८ बी का विद्यार्थीहरू प्रथम , कक्षा १० बी का दोस्रो त्यसै गरी कक्षा ९ ए का विद्यार्थीहरू तेस्रो भएका थिए । प्रथम हुनेले घाटु नृत्य प्रस्तुत गरेर सबैको मन जितेका थिए । त्यस्तै दोस्रो स्थानका विद्यार्थीहरूले मयुरी ,कौडा नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै तेस्रो स्थानमा आउन सफल विद्यार्थीहरूले कौडा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिताबाट प्रथम , दोस्रो र तेस्रो हुने बिद्यार्थीहरूलाई  पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक केशव प्रसाद भट्टराईको प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयकै सामाजिक अध्ययन विभागका शिक्षक तुलसीराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

 

 

प्रतिक्रिया

सम्बन्धित