नमुनाका विद्यार्थीले गरे  सङ्घ संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया (फाेटाे फिचर )

इटहरी । सुनसरीको इटहरीस्थित नमुना कलेज अन्तरगत सामाजिक कार्य संकायका विद्यार्थीहरूले इटहरीमा क्रियाशिल सामाजिक सङ्घ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूसँग शुक्रवार वृहत् छलफल तथा अन्तरक्रिया गरेका छन् । कार्यक्रममा इटहरीभित्रका एक दर्जन बढी सङ्घ संस्थाका प्रतिनिधिहरूका उपस्थिति रहेको थियो ।

सामाजिक संकायका विद्यार्थीहरूले इटहरीका क्रियाशील सङ्घसंस्थाहरूमा इन्टरसिपकाे क्रममा खेलेको महत्त्वपूर्ण भूमिका बारे चर्चा , छलफल तथा अन्तरक्रिया गरेका थिए । बिद्यार्थीहरूलाइ सामाजिक काममा क्रियाशील बनाउन कलेजले वर्षैपिच्छे इटहरीका क्रि याशिल २० सङ्घ संस्थामा इन्टरसिपकालागि सामाजिक संकायका बिद्यार्थीहरूलाइ खटाउने गरेको छ । 

बिद्यार्थिहरूले सङ्घ स.स्थानमा रहँदा त्यहाकाे वस्तु स्थिति र आफूले गर्नुपर्ने सामाजिक दायित्व बारे धेरै ज्ञानका कुराहरू सिक्ने भएकाले उनीहरूलाई इन्टरसिपका लागि सङ्घ संस्थाहरूमा पठाइने गरिएको कलेजका सामाजिक कार्य सङ्काय विभागका प्रमुख शिक्षक नितेस गौतमले बताए । 

कार्यक्रममा माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल, भाेइस अफ चिल्ड्रेनकि लीला भुजेल ,सेभ द अर्थका निर्देशक पुष्प भट्टराई , एसअाेएस भिलेजका प्रतिनिधि डिसी चौधरी , निलहरू समाजका प्रतिनिधि देव नारायण चौधरी लगायतले बिद्यार्थीहरूकाे आगामी भविष्यको शुभकामना प्रदान गरेका थिए । 

पूर्वमै पहिलो पटक सामाजिक कार्य सङ्काय विषय भित्र्याएर बिद्यार्थीहरूलाइ सामाजिक क्षेत्रमा पनि त्यतिकै सकृिय बनाउँदै आएको नमुना कलेजले हाल सम्म १५ सय बिद्यार्थीहरूलाइ सामाजिक सङ्घ संस्थामा खटाइसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित