आक्रमण भए एक–अर्कालाई सघाउने रूस र उत्तर कोरियाबीच सहमति

एजेन्सी । रूस र उत्तर कोरियाले दुई देशमध्य जुनकुनै देशमाथि आक्रमण भए एकले अर्कालाई सहयोग गर्ने भएका छन् । बुधबार उत्तर कोरियाको भ्रमणमा गएका रूसी राष्ट्रपति भ्लादमिर पुटिन र उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनबीच यस्तो सहमति भएको हो ।

रुसी सरकारी मिडियाले जनाए अनुसार दुई देशमध्य जुनकुनै देशमाथि आक्रमण भए पनि एक अर्कालाई बाराबरी सहयोग गर्ने सहमतिमा उल्लेख छ । दुई राष्ट्रपतिबीच भेटका क्रममा उत्तर कोरियाका राष्ट्रपतिले युक्रेनमाथि रूसले गरेको आक्रमणको सर्मथन समेत गरेका थिए । २४ बर्षपछि पुटिन उत्तर कोरिया पुगेका हुन् । उनी यसअघि सन् २००० मा उत्तर कोरिया पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित