तीन दिनयता एउटै विन्दुमा सुनको मूल्य, चाँदीको घट्यो

इटहरी । सुनको मूल्य तीन दिनयता स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ३ गतेयता सुनको मूल्यमा कुनै बदलाव आएको छैन। छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा र तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँकै विन्दुमा अडिएको छ। 

चाँदीको मूल्यमा भने परिवर्तन भइरहेको छ। बुधबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा भने सुन २ हजार ३ सय २९ अमेरिकी डलर र चाँदी २९.४३ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

सम्बन्धित