८ महिनाअघि केटा साथीसँग हिँडेकी थिइन् चन्द्रिका, हत्या गरेको अवस्थामा सिसौघारीमा भेटियो शव

सिराहा । सिराहामा हत्या गरेर फालेको अवस्थामा २५ वर्षीया युवतीको शव फेला परेको छ। सिराहाको बरियारपट्टी गाउँपालिका-३ को सिसौघारीमा धारिलो हतियारले घाँरी रेटेर हत्या गरी फालेको अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।उक्त शव सिराहाकै औरही गाउँपालिका- २ का जितरंजन यादवकी छोरी २५ वर्षीया चन्द्रिकाकुमारीको भएको जिप्रका सिराहाका डीएसपी उदय द्विवेदीले जानकारी दिए। 

‘बरियारपट्टी गाउँपालिका-३ शिवरनरस्थित सिसौघारीमा मंगलबार उनको शव फेला परेको हो,’ द्विवेदीले नेपालखबरसँग भने, ‘शव पोस्टमार्टमको लागि सिराहा प्रादेशिक अस्पतालमा राखिएको छ। हामी घटनाको थप अनुसन्धान गरिरहेका छौँ।’उनले चन्द्रिका गएको तिहारदेखि वुवा-आमाको सम्पर्कमा नरहेको जानकारी आफूहरुलाई प्राप्त भएको बताए।

‘अभिभावकले गएको तिहारदेखि नै उनी घर छाडेर एकजना केटा साथीसँग हिँडेको जानकारी दिएका छन्। त्यसयता उनी घर आएकी थिइनन् भन्ने उनीहरुको भनाई छ।’चन्द्रिका गएको आठ महिनादेखि घर नफर्किए पनि उनले विवाह गरे/नगरेको खुलेको छेन। उनीहरुले छोरी कहाँ बस्थिन्, आफूहरुलाई कुनै जानकारी नभएको दाबी गरेका प्रहरीले जनाएकाे छ। 

प्रहरीले उनका केटा साथीको नाम पनि सार्वजनिक गरेको छैन। ‘यो अनुसन्धानकै विषय भएकाले हामीले ती युवकको नाम सार्वजनिक गरेका छैनौँ, अनुसन्धानकै क्रममा छाैँ,’ इन्सपेक्टर द्विवेदीले भने। 

प्रतिक्रिया

सम्बन्धित