जब हाकिम बनेर आएकी छोरीलाई एसपी बुवाले सलाम ठोके...

एजेन्सी ।  भारतको केन्द्रीय लोकसेवा आयोग (यूपीएससी) २०२२ मा देशमै तेस्रो स्थान हासिल गरेकी उमा हराथीको यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ। उनको एउटा तस्बिर भाइरल भइरहेको छ, जसमा उनलाई एसपी दर्जाका आईपीएस पिता एन वेंकटेश्वरलु उनलाई सलाम ठोकिरहेका छन्।

उमा हाराथी हाल एक प्रशिक्षार्थी आईएएस अफिसर हुन्, जो हाल विकरावादमा तैनाथ छिन्। भर्खरै उनी तेलंगाना राज्य पुलिस एकेडेमीको सेमिनारमा भाग लिन आएकी थिइन्, जहाँ उनलाई उनका बुबाले सलामी दिएर स्वागत गरे। उमा हराथीका बुबा एन वेंकटेश्वरलु नारायणपेट जिल्लाका प्रहरी उपरीक्षक हुन्।

तेलंगाना पुलिस एकेडेमीमा आफ्नी अफिसर छोरीलाई अतिथिका रूपमा देखेपछि बुबा वेंकटेश्वरलु भावुक भए। उनले आफ्नाअगाडि उभिएकी छोरीलाई गर्वका साथ सलाम गरे। यो तस्बिरलाई धेरैले सामाजिक सञ्जालमा सेयर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित