प्रहरी जवान करिश्मा मृत्यु प्रकरण : २७ वर्षीय युवक पक्राउ

सिरहा । सिराहामा महिला प्रहरी जवानको मृत्यु घटनामा एक जना युवक पक्राउ परेका छन् । गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय सिरहाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा प्रहरी जवान २५ वर्षीया करिश्मा सुनार झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

बाँके खजुरा गाउँपालिका–४ बस्ने करिश्माले आत्महत्या गरेको खुलेको छ । सो घटना अनुसन्धानका क्रममा आत्महत्या दुरुत्साहन आरोपमा दैलेखको खरिगैडा घर भई हाल बाँकेको बैधनाथ गाउँपालिका–२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो । थापालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याएर आत्महत्या दुरुत्साहन मुद्दामा सिराहा जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित