श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न

माेरङ । दुर्गा माध्यमिक बिद्यालय पथरी शनिश्चरे ७ मोरङमा आज श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न भएको छ । ५ वटा सामुदायिक बिद्यालयका १५ जना विद्यार्थीहरुको सहभागितामा श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न भएको हो । पथरी शनिश्चरे नगरपालिका वडा न. १ को नमुना पंचायत माबि, वडा न. ३ को जनता माबि वडा न. ७ को चन्द्र किरातेश्वर माबि, र बाल कल्याण माबि र दुर्गा माबिका बिद्यार्थीहरु सहभागी भएका थिए । यस प्रतियोगितामा दुर्गा माबि प्रथम, जनता माबि द्धतिय, नमुना पञ्चायत माबि तृतिय, भएको दुर्गा माबिका प्रधानाध्यापक यादब घिमिरेले बताए । यस्तै पथरी शनिश्चरे ७ को बाल कल्याण माबिले सान्तवना र चन्द्र किरातेश्वर माबि पाँचौ भएको थियो ।

कार्यक्रममा सहभागि भएर प्रथम हुनेलाई पुरस्कार २ हजार नगद र प्रमाण पत्र, दोस्रो पुरस्कार नगद १ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र, तेस्रो पुरस्कार नगद १ हजार र प्रमाण पत्र सान्तवना पुरस्कार नगद ५ सय सय रुपैयाँ र प्रमाण पत्र वितरण गरियो भने पाँचौं स्थान हुनेलाई सहभागिताको प्रमाण पत्र यातायात खर्च प्रदान गरिएको आयोजक बिद्यालयले जानकारी दियो । अन्तर सामुदायिक बिद्यालय स्तरिय विद्यार्थी र बिद्यालयहरु विच भाइचारा सम्बन्ध मजबुद बनाउदै एक आपस समन्वय, सहनुभति सदभाव कायम गराउदैं लाने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा न. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेतले जानकारी दिए । 

अतिरित्त क्रियाकलाप कार्यक्रमको माध्यमबाट जोडिने उदेश्य रहेको प्रधानाध्यपक घिमिरेले बताए । कार्यक्रममा चन्द्र किरातेश्वर माबिका प्रधानाध्यापक हर्कराज जिमीले यो कार्यक्रम नौलो भएको आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न सुझाव दिए । कार्यक्रममा संचालनका लागी स्थानिय ब्यवसायी तथा शिक्षाप्रेमी तेजबहादुर बुढाथोकी र भिमादेवी कार्की बुढाथोकीलाई कद्धर पत्रले सम्मान गरिएको थियो । सम्पादक ज्यू यो समाचार प्रकाशन गरिदिनु हुन अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित