श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान पक्राउ

वीरगञ्ज । आफ्नै श्रीमतीको घाँटी थिची हत्या गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजपुर नगरपालिका–५ मदनी चोक बस्ने ३४ बर्षका मसुद आलम लहेरी रहेका छन् ।

पक्राउ परेका उनले गत शुक्रबार बिहान आफ्नो जेठी श्रीमती ३७ बर्षकी नजाबुन नेसालाई आफ्नै फुसको घरमा घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । घट्नास्थलमा खटिएको प्रहरीले शव नियन्त्रणमा लिइ अनुसन्धान गरेको थियो ।

सो क्रममा मृतकको श्रीमान लहेरीसंग घटनाको बारेमा सोधपुछ गर्दा निजले आफ्नो श्रीमती नेसालाई कुटपिट गरी घाँटी थिची मारेको हुँ भनी स्विकारेको रौतहटकी प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरिले जानकारी दिइन् । पक्राउ परेका लहेरीलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा अदालतबाट म्याद थप गराई अनुसन्धान भईरहेको गिरीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित