कुटपिटबाट सिरहामा एक युवकको हत्या, पाँच जना पक्राउ

सिरहा । सिरहामा कुटपिटबाट एक युवकको हत्या भएको छ । धनगढीमाई नगरपालिका–१२ ठठियाका ३० वर्षीय राकेश यादवको कुटपिटबाट ज्यान गएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सोमबार राति प्रहरीले नरहा गाउँपालिका–१ गौराहा बस्ने २० वर्षीय आनन्द सदायलगायत पाँच जनालाई पक्राउ गरेको हो ।

उनीहरूले शनिबार राति राकेशलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका राकेशलाई भारतस्थित पीजीआई अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित