इटहरीकी किशोरीलाई भेडेटार पुर्‍याएर बलात्कार : विराटनगरका व्यवसायी प्रवीण अग्रवाल पक्राउ

इटहरी र धरानमा कडाइ पछि भेडेटार सर्याे याैनधन्दा

सुनसरी । सुनसरीको इटहरीस्थित आफन्तकोमा बस्दै आएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विराटनगरका एक व्यवसायी भेडेटारबाट पक्राउ परेका छन् । मोरङ विराटनगर महानगरपालिका ११ का प्रवीण अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।बालिकालाई ललाइ फकाइ इटहरीबाट भेडेटार पुर्याएर जबरजस्ती बलात्कार गरेको आरोपमा ५१ वर्षीय अग्रवाल पक्राउ परेका हुन । 

अग्रवाललाई धनकुटाको सागुरीगढी गाउँपालिका –६ भेडेटारस्थित मकालु होटेलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक जीवन कार्कीले पूर्वेलीलाई बताए । बालिकाले आफूलाई लुगा किन्दिने र घर पुर्‍याइदिने प्रलोभन देखाएर भेडे टार ल्याएको र जबरजस्ती करणी गरेको उजुरी दिएपछि व्यवसायी अग्रवाल पक्राउ परेका हुन । 

प्रहरी नियन्त्रणमा रहेका अग्रवाललाई थुनामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी भनाइ छ । बालिकालाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको नायव निरीक्षक कार्कीले बताए । घटना असार २ गतेको रहेको प्रहरीले जनाएको छ । 

भेडेटार सर्याे यौन धन्दा 

सुनसरीको धरान , इटहरी , इनरुवा लगायतका सहरमा प्रहरीले नियमित कडाइ गरेपछि ठप्प बनेको यान धन्दा अहिले भेडे टार सरेको पछिल्लो घटनाक्रमले पुस्टी गरेको छ । भेडेटारका हाेटलहरूमा सम्बन्धित निकायले अनुगमन नगर्दा र चासो नराख्दा दैनिक यस्ता घटनाहरू सार्वजनिक हुँदै आएका छन् ।

इटहरी , विराटनगर , धरानका हाेटलहरूमा प्रहरीले निगरानी बढाए सँगै यौनजन्य गतिविधिहरू भेडे टार तर्फ मोडिएको प्रहरी प्रारम्भिक अनुसन्धानले पनि देखाएको छ । पूर्वकै मनोरम दृश्य अवलोकन गर्न पाइने , गर्मी याममा शीतल ताप्न पाइने र शान्त वातावरण भएर पनि पर्यटकीय हब बनेको भेडेटारमा पर्यटक बनेर आउने आगन्तुकहरूबाटै यौनजन्य क्रियाकलाप हुने गरेको पाइन्छ । 

प्रतिक्रिया

सम्बन्धित