अल्लु अर्जुन स्टारर ‘पुष्पा-२’ मंसिर २१ मा रिलिज हुने

एजेन्सी । बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा-२’ को नयाँ प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी डिसेम्बर ६ अर्थात मंसिर २१ गते रिलिज हुने पक्का भएको हो। यसअघि अल्लु अर्जुन स्टारर ‘पुष्षास् द रुल’ आउँदो अगस्ट १५ गते रिलिज हुने भनिएको थियो। तर, फिल्मको पोस्टप्रोडक्सनको काम नसकिएको भन्दै निर्माणटिमले मिति सारेको जनाएको छ। 

‘पुष्पा : द राइज’ को विशाल सफलतापछि हाम्रो जिम्मेवारी धेरै बढेको छ। हामीले चलचित्रलाई समयमै पूरा गरी प्रदर्शन गर्न निरन्तर काम गरिरहेका छौँ। तथापि, बाँकी छायाङ्कन र त्यसपछि पोस्ट-प्रोडक्शनका कारण हामीले २०२४ अगस्ट १५ मा चलचित्र रिलिज गर्न नसक्ने भयौँ। पुष्पा २ अब २०२४ डिसेम्बर ६ मा विश्वभर रिलिज हुनेछ,’ निर्माण टिमको विज्ञप्तिमा उल्लेख छ। 

सुकुमारको लेखन र निर्देशन रहेको फिल्ममा अल्लु र रश्मिकासहित फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्। १७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा-द राइज’ निकै सफल फिल्म हो। सुकुमार निर्देशित यस फिल्मले विश्वभरबाट ३ सय करोड भारु कमाएको उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित