पूर्वका यी ५ स्थानमा जारी छ भीषण वर्षा , सुनसरीकाे धरानमा सबैभन्दा बढी पानी पर्दै

इटहरी । पछिल्लो २४ घण्टा (सोमबार बिहान ६ः५२ बजेदेखि मंगलबार बिहान ६ः५२ बजेसम्म) देशको पूर्वी क्षेत्रका ५ स्थानमा धेरै भारी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त अवधिमा झापाका ३, सुनसरी र मोरङका एक÷एक स्थानमा धेरै भारी वर्षा भएको हो। 

तथ्यांकअनुसार सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा १५१.६ मिलिमिटर वर्षा मापन भएको छ। यसपछि झापाको कन्काईमा १३४.२, झापाकै कन्काई मैनाचुलीमा १२१.८ र झापाकै अमरमणि बिर्ता ११२.६ मिलिमिटर वर्षा भएको छ। महाशाखाको विवरणअनुसार सुनसरी धरान बजारमा १२३ मिलिमिटर वर्षा मापन भएको छ। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र सय मिलिमिटरभन्दा माथि, २ सय मिलिमिटरभन्दा मुनि वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ। 

प्रतिक्रिया

सम्बन्धित