स्कार्पियोको ठक्करबाट सिटीमा सवार ४ घाइते

विराटचाेक । खोर्साने केराबारी सडक अन्र्तगत फारलाइन क्षेत्रमा स्कार्पियोको ठक्करबाट सिटी सफारीमा सवार ४ जना यात्रु घाइते भएका छन् ।  खोर्सानेबाट धरान तर्फ आउदै गरेको प्र.१ ०२ ००२ च ५६२५ नम्बरको स्कार्पियोले विपरित दिशा तर्फ गइरहेको रातो रंगको सिटी सफारीलाई ठक्कर दिदा सिटीमा सवार ४ जना घाइते भएका हुन् । 


घाइतेहरुको सुन्दरहरैंचाको सामुदायिक अस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घाइते मध्ये एकजनाको खुटा फ्याक्चर भएको बताइएको छ । दुर्घट्नामा संलग्न स्कार्पियो र चालकलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिइएको  छ ।

प्रतिक्रिया

सम्बन्धित