५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै मच्याइन् बबाल

एजेन्सी । घरमा श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानलाई धोका दिइरहेको छ भने, जसरीपनि एकदिन खुल्छ । लुकाएर लुक्दैन । उत्तर प्रदेशको राजधानी लखनउको एक रेस्टुरेन्टमा एक श्रीमानलाई प्रेमिकालाई भेट्नु निक्कै महंगो सावित भएको घटनाले यो पुष्टि गर्छ । किनकी श्रीमतीले श्रीमानलाई प्रेमिकासँग रंगेहात समातेर लात र मुक्का प्रहार गरिन् । कहिले महिलाले केटीको कपाल ताने, कहिले थप्पड, कहिले भुइँमा फ्याँकेर पेटमा लात र मुक्का प्रहार गरिन् । यति मात्र होइन, उनले श्रीमानलाई पनि छोडिनन् ।

वास्तवमा श्रीमतीले आफ्नो भाइ, केही आफन्तसहित श्रीमान निस्किएको बाटो पिछा गरिन् । जहाँ श्रीमान् आफ्नी प्रेमिकासँग फ्लर्ट गर्दा रंगेहात पक्राउ परे र रेस्टुरेन्टबाट बाहिर निस्केर सडकको बीचमा हंगामा मच्चाए । यहाँ श्रीमतीका भाइले पनि कुटपिट गरेका छन् । भिडियोमा कुटपिट गरिरहेकी युवतीले आफ्नो पुरुष साथीसँग भेट्नु, कुरा गर्नु आफ्नो गल्ती भएको स्वीकारेकी छन् । तर यो उनको एक्लो दोष होइन।

त्यही क्रममा सडकमा उभिएका केही व्यक्तिले झगडाको पूरै भिडियो बनाएर सोसल मिडियामा पोस्ट गरेपछि उक्त भिडियो भाइरल भयो ।

यहाँ झगडा बढ्दै गएको देखेर केहीले हस्तक्षेप गर्ने प्रयास पनि गरे तर कुरा नमिल्दा प्रहरीमा ११२ नम्बरमा उजुरी गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर दुवै जनालाई प्रहरी चौकीमा लगेको थियो । जहाँ दुवै पक्षले आ–आफ्नो कुरा राखेका थिए । तर श्रीमानले धोका दिएको र विवाहित भएर पनि सम्बन्धविच्छेद नगरी अर्की युवतीसँग सम्बन्ध राखेको भन्दै श्रीमतीले पतिलाई कारबाही गर्न माग गरिन् ।

साथै श्रीमानले श्रीमती र उनको परिवारलाई कुटपिट गरेको भन्दै उजुरी समेत दिएका छन् । हाल प्रहरीले यस विषयमा उजुरी दर्ता गरी थप कारबाही अघि बढाएको छ । श्रीमान् युपीको बाराबंकी जिल्लाका बासिन्दा हुन् र उनी आफ्नी प्रेमिकासँग लखनउको फैजाबाद रोडमा रहेको रेष्टुरेन्टमा पुगेका थिए । त्यसपछि श्रीमतीले यो कुरा थाहा पाएर भाइ र परिवारका अन्य सदस्यहरूसँग रेष्टुरेन्टमा गएर हातपात गरिन् ।

प्रतिक्रिया

सम्बन्धित