क्यान्सरकाे सफल उपचारपछि पहिलोपटक सार्वजनिक रुपमा देखिइन् बेलायती राजकुमारी क्याथरिन

एजेन्सी । वेल्सकी राजकुमारी क्याथरिनले शनिबार मध्य लन्डनमा आयोजना हुने ट्रूपिङ द कलर सैन्य परेडमा भाग लिएकी छिन्। क्यान्सर भएको पत्ता लागेपछि उनको यो पहिलो सार्वजनिक जीवनमा अस्थायी पुनरागमन हो।  

गत वर्ष डिसेम्बरमा क्रिसमस डेको दिन केटले सार्वजनिक रुपमा देखिएकी थिइन् र मार्चमा केमोथेरापी गरिरहेको खुलासा गरेकी हुन्। 

बयालीस वर्षीया राजकुमारी विश्वको सबैभन्दा धेरै फोटो खिचिएकी महिलामध्ये एक हुन्। केटको लामो अनुपस्थितिले विशेषतः अनलाईन माध्यमहरुलाई उनको स्वास्थ्य अवस्थाबारे कौतुहलता बढाएको थियो ।  

उनले शुक्रबार साँझ एक सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका राम्रो सुधार भइरहेको र अझै केही समय लाग्ने जानकारी गराएकी छिन‍्। “म यस सप्ताहन्तमा मेरो परिवारसँग राजाको जन्मदिन परेडमा भाग लिन उत्सुक छु र केही सार्वजनिक कार्यक्रमहरूमा सामेल हुने आशा गर्दछु, तर मेरो स्वास्थ्यमा पूर्ण सुधार भईसकेको छैन“, राजकुमारीले बताएकी थिइन्। 

प्रतिक्रिया

सम्बन्धित