कोशी प्रदेशको बजेट ३५ अर्ब ६३ करोड, सुटकेशको सट्टा अल्लो र ढाकाको झोला

इटहरी । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि आज बजेट ल्याउँदैछ । आज (शनिबार) दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्ने भनिए पनि केही ढिलो भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर प्रदेश सभामा पुगिसकेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ३५ अर्ब ६३ करोडको बजेट आउन लागेको छ । चालू आर्थिक वर्षका लागि ३६ अर्बको बजेट कार्यान्वयन भइरहेको छ । मन्त्री रामबहादुर मगरले अल्लो र ढाकाको झोलामा प्रदेशको बजेट ल्याएका छन् ।

शनिबारको प्रदेशसभा बैठकमा उनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गर्दैछन् । प्रदेशको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले अल्लो र ढाकाको झोलामा बजेट ल्याएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइँटेलले बताएका छन् । १५ असारमा संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले पनि अल्लो र ढाकाको झोलामा बजेट वक्तव्य ल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित