कुवेत आगलागी : भारतीय एयर फोर्सले ल्यायो ४५ भारतीयको शव

नयाँदिल्ली । इण्डियन एयर फोर्सको उडानबाट कुवेतमा आगलागीमा परेर मृत्यु भएका ४५ भारतीय कामदारको शव शुक्रबार स्वदेश ल्याएको छ । कुवेतको मंगफस्थित एक बहुतले भवनमा गएको बुधबार आगलागी हुँदा ती कामदारको मृत्यु भएको थियो । सो सहरमा १७६ भारतीय कामदार भएको जनाइएको छ ।

कुवेतका अधिकारीहरूका अनुसार सो आगलागीमा ५० मानिसको मृत्यु भएको थियो । ती मध्ये ४५ जना भारतका, तीन फिलिपिन्सका र अन्य दुई जनाको सनाखत नभएको जनाइएको छ । बिहीबार भारतका मन्त्री कीर्तिबर्द्धन सिंह त्यहाँ गएर मृतकको पहिचानको काम अघि बढाएका थिए ।

भारतका मृतकमध्ये २३ जना केरला, सात जना तमिलनाडु, तीन जना आन्ध्र प्रदेश, तीन जना उत्तर प्रदेश, दुई जना उडिसाका छन् । अन्यमा बिहार, पञ्जाव, कर्णाटक, महाराष्ट्र, पश्चिम बंगाल, झारखण्ड र हरियानाबाट एक एक जना रहेको जनाइएको छ । बीबीसी

प्रतिक्रिया

सम्बन्धित