झापाकाे शिवसताक्षीमा घरभित्रै दुई नाबालक छोरासहित आमा मृत फेला

झापा । झापाको शिवसताक्षी नगरपालिकामा दुई नाबालाक छोरासहित एक महिला घरभित्रै मृत अवस्थामा फेला परेकी छन् । शिवसताक्षी नगरपालिका–३ की अञ्जली बेस्रा र उनका दुई छोरा मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार छोराहरू ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुष रहेका छन् । इलाका प्रहरी कार्यालय झिलभिलेका प्रहरी निरीक्षक अनिष बुढाथोकीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका श्रीमान अहिले वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित