काेशी हुदै मधेस छिर्याे मनसुन : तत्काल पानी नपर्ने

इटहरी । चार दिनसम्म कोसी प्रदेशमै सीमित मनसुन (वर्षा गराउने मौसम प्रणाली) अहिले मेधस प्रदेशसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसम महाशाखाका मौसमविद् मीनकुमार अर्यालले हाल मनसुन मधेस प्रदेशसम्म प्रवेश गरेको जानकारी दिए।‘मनसुन मधेस प्रदेशसम्म आइसकेको छ’, शुक्रबार बिहान उनले भने, ‘अहिले मधेसको ७० प्रतिशतजति भागमा मनसुन फैलिएको छ।’जसका कारण मधेस प्रदेशमा पनि आज बिहानैदेखि मनसुनी गतिविधि सुरु भइसकेको उनले बताए। 

‘मधेसको आकाशमा अहिले बादल बढिरहेको छ’, मौसमविद् अर्यालले भने, ‘वर्षाको सम्भावना पनि छ तर आजै धेरै पानी पर्ने संकेत देखिएको छैन।’मधेससम्म मनसुन फैलिएको कुरा मौसम महाशाखाले बुलेटिन नै जारी गरेर औपचारिक जानकारी गराउन भने बाँकी छ।

कोसी प्रदेशको पूर्वी भागबाट यही जेठ २८ गते (जुन १० तारिख) नेपाल भित्रिएको मनसुन बल्ल आज मधेस प्रदेशसम्म फैलिएको हो। ‘मनसुन पश्चिमतर्फ फैलिने गति अलि कम कम नै देखिएको छ’, उनले भने, ‘बागमती प्रदेशसम्म आइपुग्न अझै समय लाग्ने देखिन्छ।’

विगतका वर्षको अनुभवमा मनसुन भित्रिएको ५ देखि ७ दिनभित्र देशभर फैलिएको पाइन्छ। तर यसपटक मनसुन फैलिन अलि ढिला भइरहेको मौसमविद्को भनाइ छ। 

प्रतिक्रिया

सम्बन्धित