माेरङकाे डाइनीया बजारबाट खैराे हिराेइन सहित दुइ जना पक्राउ

 मोरङ  । मोरङसुनवर्षी नगरपालिका ९ स्थित बोलबम पेट्रोल पम्प नजिकै बाट खैराै हिरोइन सहित दुईजना पक्राउ परेका छन्। भारत राज्य विहार, जिल्ला अररिया, पोखरिया पञ्चायत वडा नं. ३ बस्ने राज कुमार राजा को छोरा वर्ष १९ को राहुल राजा र सुनबर्षी ९ डाईनिया बस्ने प्रदुमन कुमार दासको छोरा बर्ष २४ को आदर्श दास पक्राउ परेकाे रङ्गेली प्रहरीले जनाएकाे छ । पक्राउ परेका  दास लाई यस अघि पनि लागू औषध ओसारपसारमा पक्राउ गरी मुद्दा समेत चलाइएको थियो ।

  लागू औषध खैरो हिरोईन ओसारपसार तथा बिक्री बितरण गर्दै आएको गोप्य सुचनाको आधारमा उनिहरूलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।    सेतो रङको प्लाष्टिकमा लागू औषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ रहेको र उक्त पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजु सहित साठी ग्राम आठ सय पचास मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

निज हरु लाई लागू औषध ओसारपसार बेचबिखन कसुरमा मुद्दा दर्ता गरिने रङ्गेली प्रहरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित