माेरङकाे जहदामा मोर्टर लगाएर लुगा धुँदा करेन्ट लागेर सासुको मृत्यु, बुहारी घाइते

इटहरी । मोरङको जहदा गाउँपालिका–१ झैलाचोकमा करेण्ट लागेर बिहीबार दिउँसो सासुको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन् । करेन्ट लागेर ४५ वर्षीया रेवतीदेवी सरवरियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको मकालु अस्पतालमा बिहीबार दिउँसो २ बजेतिर मृत्यु भएको हो ।

करेन्ट लागेर रेवतीदेवीकी बुहारी २५ वर्षीया चन्द्रिका सरवरिया घाइते भएकी छन् । चन्द्रिको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको डीएसपी बस्नेतले बताए । उनका अनुसार घरमा मोर्टर चलाएर कपडा धुने क्रममा दिउँसो १२ः३० बजेतिर विद्युत् सर्ट भइ करेन्ट लागेर सासु रेवतीदेवी र बुहारी चन्द्रिका घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रेवतीदेवीको उपचारका क्रममा मृत्यु भएको हो भने बुहारीको उपचार जारी छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए ।

प्रतिक्रिया

सम्बन्धित