आजकाे माैसम : काेशी प्रदेशकाे पहाडी भेगमा चट्याङ सहितकाे वर्षा , तराइमा दिउसाे घाम लाग्ने

इटहरी । पूर्वी नेपालमा मनसुनी प्रणालीको प्रभाव रहँदा कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । जल तथ मौसम विज्ञान विभागका अनुुसार आज (बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । विभागका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल पूर्वी नेपालमा मनसुनी प्रणालीको तथा बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु प्रभाव छ । यस्तै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित