कुवेतमा मृत्यु भएका अधिकांश भारतीय नागरिक

काठमाडौँ । कुवेतको एक भवनमा आगलागीमा परी मृत्यु हुने ४० जनामध्ये अधिकांश भारतीय नागरिक रहेका छन् । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले अहिलेसम्म ४० जनाको मृत्यु भएको पुष्टि भएको र जसमध्ये अधिकांश भारतीय नागरिक भएको बीबीसीलाई बताए । 

कुवेतका लागि भारतीय राजदूतले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यस घटनामा करिब ५० जना घाइते समेत भएका छन् ।

कुवेतको मङ्गाफ क्षेत्रमा रहेको ६ तले भवनको भान्छाबाट आगलागी भएको अधिकारीहरूले बताएका छन् । त्यतिबेला भवनमा १६० जना कामदार थिए । सबै कर्मचारी एउटै कम्पनीमा काम गर्छन्।

कुवेतका आन्तरिक मन्त्री फहद युसुफ अल सबाहले घटनास्थलको भ्रमण गरेका छन् ।घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्रीले भने, ‘जग्गा धनीको लोभ नै यो घटना भएको हो । कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित