भिजिटर भिसालाई यथावत राखि बिद्यार्थी भिसा बन्द गर्दै अस्ट्रेलिया

काठमाडाैं । अस्ट्रेलियाली सरकारले विदेशी नागरिकका लागि भिसामा थप कडाइ गर्ने भएको छ। यो वर्षको सुरुवातमै विदेशी विद्यार्थीका लागि केही नियम कसिलो पारेको अस्ट्रेलियाले बुधबार थप कडाइ गर्ने घोषणा गरेको हो। 

एसबीएसका अनुसार जुलाई १ देखि सरकारले यहाँ प्रवेश गर्ने दुई माध्यम बन्द गर्ने भएको छ। यसअनुसार भिजिटर भिसा (घुम्ने प्रयोजनको) र टेम्पोररी ग्राजुएट भिसावाहकलाई विद्यार्थी भिसामा परिवर्तन गर्न पाइनेछैन। 

‘घुम्न आएर विद्यार्थी बन्न सक्ने प्रवृत्ति धेरै बढेको छ। २०२३ जुलाई १ यता २०२४ मेको अन्त्यसम्म यसरी ३६ हजार आवेदन परिसकेको छ’, सरकारले एक सूचनामा भनेको छ, ‘तर अब नयाँ कदमले यसलाई रोक्नेछ।’

यसले अब टेम्पोररी ग्राजुएट भिसावाहकले कि त काम पाएर ग्राजुएट गर्नुपर्नेछ कि त देश छोड्नुपर्नेछ। ग्राटन इन्स्टिच्युटको २०२३ को एक रिपोर्टले तीन विदेशी विद्यार्थीमध्ये एक जना थप पढाइमा फर्किएको, त्यसमा पनि अस्ट्रेलियाको बसाइ लम्ब्याउन सस्ता सीपमूलक कोर्स रोजेको देखाएको छ।  

प्रतिक्रिया

सम्बन्धित