चर्चित गीत ‘सानु म’का मोडल दीपेश लामाको निधन

इटहरी । कलाकार तथा मोडल दीपेश लामाको निधन भएको छ । दुई दशकअघिको चर्चित पपगीत ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु म’का मोडल समेत रहेका लामाको निधनको खबरलगत्तै सामाजिक सञ्जालमा फ्यानले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

मंगलबार काठमाडौंको बसुन्धरामा हिंड्दै गरेको अचानक बेहोस भएर ३९ वर्षीय लामाको निधन भएको उनका भिनाजु नाता पर्ने रास्वपा सांसद तथा फिल्म निर्देशक असिम शाहले जानकारी दिए ।

लामो समयदेखि लामा हेपाटाइटिस बी रोगबाट पीडित थिए । तर आफूहरुले भने हृदयघातको आशंका गरेको शाहले बताए । लामाको पार्थिव शरिरलाई बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

‘सानु म’ गीतले लामालाई एकाएक प्रसिद्धि दिलाएको थियो । आलोक नेम्बाङ निर्देशित गीतको भिडियोमा उनी र सुबानी मोक्तान फिचर्ड छन् । प्रेम लामाले गाएको यो गीतमा सञ्जीव सिंहको शब्द तथा संगीत छ ।  दीपेश लामाले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित