५ लाखको चक्करमा तरहराको बन फडानी : पोखरी बनाउने भन्दै काटियाे ५५ रूख बिरुवा

कार्यवाहक अध्यक्ष गाेमा विश्वकर्मा पक्राउ

इटहरी । गएको २०८० फागुनमा ब्यापक काठ तस्करी भएकाे घटना सेलाउन नपाउदै इटहरी २० तरहरास्थित हासपोसा सामुदायिक बन क्षेत्रमा पोखरी बनाउने भन्दै बनकै पदाधिकारीहरूले ५ लाख रूपैया लिएर बन फडानी गरेको अर्को घटना बाहिरिएको छ । चुरे उत्थानशिलबाट पोखरी निर्माणको लागि भनि ५ लाख रकम बिनियोजन भएपछि हासपोसा सामुदायिक बनका पदाधिकारीहरूले बन क्षेत्रको ५५ वटा साना तथा ठुला रूखहरू काटेर बननै फडानी गरेको घटना बाहिरिएको हो । 

घटना बाहिरिए लगत्तै सब डिभिजन कार्यालय तरहराले सामुदायिक बनका कार्यवाहक अध्यक्ष गोमा विश्वकर्मासहित केही पदाधिकारीहरूबिरूद्ध बन ऐन सम्बन्धी मुद्धा चलाउने तयारी थालेको छ ।

सव डिभिजन कार्यालय तरहराका बन अधिकृत दिने यादवका अनुसार खाडल खनिएको स्थानमा ५५ वटा रूख बिरूवा काटिएको जुन सहमती बिपरित देखिएकोले मुद्धा चलाउने तयारी भइरहेको बताए। पोखरी निर्माण गर्दा एउटै रूख कटान नगर्ने सहमती भएको थियो तर घटनास्थल गएर हेर्दा पुरै बन फडानी भएको देखिएपछि सामुदायिक बनका कार्यवाहक अध्यक्ष गोमा लगायत अन्यलाइ वन ऐन सम्बन्धि मुद्धा चलाउने तयारी गरिएको हो । सामुदायिक बनका अध्यक्ष महेन्द्र गिरी देश बाहिर रहेको बेला बन क्षेत्रमा यो घटना भएको हो ।  

बन क्षेत्रमा रहेका चराचुरूङ्गी तथा अन्य बन्यजन्तुहरूकालागि पिउने पानीको जोहो गरिदिन चुरे उत्थानसिलबाट रू ५ लाखको बजेट बिनियोजन भइ बन क्षेत्रमा पोखरी निर्माणको काम भएको तरहरा सहायक बन अधिकृत दिनेश यादवले बताए ।यता बन क्षेत्रमा पोखरी निर्माण गर्न अनुमती दिने देखि र स्काभेटरमा  पुजा सहित शिलन्यास सम्म उनै बन कार्यालयका यादवले नै गरेको तर दोष जति सामुदायिक बनका पदाधिकारीलाइ थोपरेको हासपोसा बनका पदाधिकारीले बताए ।  पोखरी निर्माणकालागि उपयुक्त स्थानको खोजी गरी अध्यन अवलोकन समेत सकेर काम गरेको तर त्यतिबेला सब डिभिजन कार्यालयका बन अधिकृत यादवले केहि नबोलेको र अहिले आएर बनका पदाधिकारीहरूलाइ नै दोष देखाएर आफु चोखिने काम गरेको सामुदायिक बनका एक पदाधिकारीले नाम नबताउने सर्तमा बताए । 

 जिल्ला बन कार्यालय सुनसरीका बन अधिकृत र्धानाथ यादवले भने बन क्षेत्रमा गम्भिर लापर्वाहि भएको बताए । घटना जानकारी पाए लगत्तै हासपोसा सामुदायिक बनकी कार्यवाहक अध्यक्ष गोमा विश्वकर्मा सहितलाइ नियन्त्रणमा लिएर थप अनुशन्धान र कार्वाहि प्रकृिया अघि बढाएको बन अधिकृत यादवले बताए । 

यता चुनावको बेला पदमा बस्न तछाड मछाड गर्ने तर बन संरक्षण तर्फ भने चासो नराखेको भन्दै सामुदायिक बनका पदाधिकारीहरूलाइ तुरून्त आ आफ्नो पदबाट राजीनामा दिन उपभोक्ताहरूले दबाब दिएका छन । सामुदायिक बन क्षेत्रमा पोखरी निर्माण गर्ने नाममा रूख कटान गर्न नपाइने नियम हुदा हुदै जानाजान गल्ती गर्नेलाइ कानुन अनुसारको कार्वाहि हुनुपर्ने उपभोक्ताहरूको माग छ । सामुदायिक बनले बन क्षेत्रको संरक्षण गर्नुपर्नेमा अहिले पदाधिकारीहरूबाटै  बन असुरक्षित बन्दै गएको पनि उपभोक्ताहरूले बताएका छन ।  

यता हासपोसा सामुदायिक बनले भने काम गर्ने क्रममा अन्जानमै गलती भएको दाबी गरेको छ । चुरे उत्थानसिलबाट पोखरी निर्माणका लागि ५ लाख बजेट आएपछि सो बजेट अनुसारको पोखरी निर्माण गर्ने क्रममा बन भित्र जेसिबि चलाउदा यो क्षती भएको तर जानेर भने नगरिएको बनको ठहर छ । तरहराका सहायक बन अधिकृत दिनेस यादवकै उपस्थितीमा यो सब भएको सामुदायिक बनले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित