बलात्कारपछि महिलाको मलद्वारमा मकैको ढोड हालेको आरोपमा ३५ वर्षीय युवक पक्राउ

सर्लाही । महिलालाई जबर्जस्ती करणी गरी गरी मरणासन्त बनाएको आरोपमा सर्लाहीबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । घटनापछि फरार सर्लाहीकै बसवरिया–३ भवानीपुर बंगल्वा मुसहरी टोल घर भएका ३५ वर्षीय रमण माझीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

उनलाई सर्लाहीकै बागमती नगरपालिका–४ मगरटोलस्थित जिरायत सडक खण्डमा हिँडिरहेको अवस्थामा पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए ।

उनले यही जेठ १३ गते बिहान बागमती ४ जिरायतस्थित डाँडा टोलबाट नयाँ बस्ती आवत जावत गर्ने कच्ची सडकको छेउमा करिव ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी मरणासन्न बनाएका प्रहरीले जनाएको छ । बलात्कारपछि महिलाको मलद्वारमा सुकेको मकैको ढोड छिराएर उनी फरार भएका थिए ।

स्थानीयले अचेत अवस्थामा ती महिलालाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । ती महिलाको प्रादेशिक अस्पताल मलंगवामा उपचार गरिएको थियो । घटनाको सुक्ष्म अनुसन्धान गर्दै जाँदा प्राप्त प्रमाणहरुको आधारमा उनलाई पक्राउ गरिएको इन्सपेक्टर गिरीले बताए । उनलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित