गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल बेलबारीकी धिमाललाई सम्मान गरिने

इटहरी । गिनिज बुक अफ वर्ड रेकर्डमा सबैभन्दा उच्च स्थान ५,२७८ मिटर उचाईमा कोरियोग्राफि गरेर नाम लेखाउन सफल  सरस्वती धिमाललाई सम्मान गरिने भएको छ । मोरङ बेलबारी- १० की धिमाललाई धिमाल जातिय विकास केन्द्र केन्द्रीय समितिले “धिमाल युवा प्रतिभा पुरस्कार २०८१” सम्मान गर्ने भएको हो ।

सरस्वती धिमाल डान्सिङ स्टार नेपाल, स्कुल डान्सिङ च्याम्स, शिखर डान्स आईकनको उपाधि विजेता उहाँले विभिन्न गितमा कोरियोग्राफरको रुपमा काम समेत गरिसकेकी छन ।

मंगलबार धिमाल जातिय विकास केन्द्र केन्द्रीय समितिको सचिवालय सदस्य मोहनकुमार धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिको बैठकले उनलाई  सम्मान गर्ने निर्णय गरेको हो । उक्त छनौट समितिमा नारायण राजदोङ्गे, शंकर धिमाल, पुष्पा धिमाल, पितबहादुर धिमाल रहेका थिए ।

धिमाल जातीय विकास केन्द्रले युवा प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले हरेक बर्ष धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिरहेको महासचिव मातृका धिमालले जानकारी दिए ।

यसअघि बडिबिल्डर विकास धिमाल, फुटबलर रजिन धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, तेक्वान्दो खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिएको छ । पुरस्कृत व्यक्तित्वलाई नगद ५ हजार रुपैयाँ, प्रमाण पत्र र आल्गी धावा ओडाएर सम्मान गरिने छ । 

प्रतिक्रिया

सम्बन्धित