बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा हिंसात्मक झडप, तीनको मृत्यु, सात घाइते

एजेन्सी । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भएको हिंसामा परी मंगलबार तीन रोहिंग्या शरणार्थीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बंगलादेश प्रहरीका अनुसार शिविरमा दुई प्रतिद्वन्द्वी समूहबीच हिंसा भएको थियो ।

अधिकारीहरूका अनुसार अराकान रोहिंग्या साल्भेसन आर्मी (एआरएसए)का सदस्यहरूले कक्स बजार जिल्लाको उखिया शिविरमा गस्ती गरिरहेका शरणार्थीहरूलाई आक्रमण गरेका थिए । कक्स बजार म्यानमारको सिमानामा अवस्थित छ । मारिनेहरू रोहिंग्या सोलिडारिटी अर्गनाइजेसनका सदस्य हुन्।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार शिविरमा शरणार्थीहरूबीच भएको हिंसामा यो वर्ष हालसम्म कम्तीमा २० जनाको मृत्यु भइसकेको छ । सन् २०१७ मा म्यानमारमा रोहिंग्या समुदायमाथि सेनाले गरेको आक्रमणपछि करिब १० लाख रोहिंग्याहरू भागेर बंगलादेश पुगेका छन् । यी शरणार्थीहरू बंगलादेशका शिविरहरूमा बस्छन्, जसमध्ये अधिकांश कक्स बजार जिल्लामा छन् ।

प्रतिक्रिया

सम्बन्धित