धरानमा १९ मा “साकेला “ हेर्न गएका युवाको सामुहिक कुटपिटबाट हत्या : आराेपित पाँच युवक पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका १९ मा गत २० गते साकेला हेर्न गएका एक युवाको सामूहिक कुटपिटबाट हत्या भएको घटनालाई लिएर प्रहरीले पाँच जना युवकलाई नियन्त्रणमा लिएको छ ।

कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीले धरान-१९ का २० वर्षीय गोपाल ताम्म्गादे विश्वकर्मा,झापा घर भई धरान -१९ बस्ने १८ वर्षीय भुवन श्रेष्ठ, धरान-८ बस्ने १९ वर्षीय समीर तामाङ , धरान-१६ बस्ने १८ वर्षीय पुकार राई ,र धरान-१ बस्ने मनिष लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले बताए । 

 साकेला हेर्नु गएका १८ वर्षीय तान्सुहाङ लिम्बुलाई सामूहिक कुटपिट पछि हत्या गरी फरार रहेका युवाहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता भण्डारीले बताए ।   पक्राउ परेका पाँच  जनालाई ज्यान सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ। घटना २० गते ९ बजे नरेन्द्र चोक नजिकै भएको प्रहरीले बताएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित