मनसुन भित्रिदा पनि तराइमा ताताे हावाकाे लहर : अब तीन दिन गर्मी बढने माैसमविदहरूकाे भनाइ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/garmi_PCD3aKsNsE_h4ziujh3wetajj4tf7dcru6yrtkphgaf1caj2ylovcgt5lfwa9lbw354uok1_Jpbl9WLSA9_1gkfkaaebfrgqygqqywnkal7h0uhwehqbgy0aqbrclpjzmnhgcjycp6qmoyu.jpg)
इटहरी । हाल सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । मौसम पूर्वानुमान विभागले आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।
विभागले तराईका जिल्लाहरुमा आगामी तीन दिन तातो हावा तथा तातो लहर को सम्भावना रहेको जानकारी दिंदै सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध गरेको छ ।
त्यस्तो तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरेको छ ।
![चीनबाट ६५ अर्बका सामान आयात हुँदा नेपालबाट करिब २ अर्बको निर्यात](https://snowberry.prixacdn.net/media/gallery_folder/rasuwagadi_dqJygGI8Bk_sj6xddosbgzr406ydegg4er6faw0yynpwioe1spfdveex7yvn7abrzsuqj66_xYzG3hU1ZY_bms9d9ttjqmcfixtawubxlnmbjtrk98ljr7tfvtfvuk1kiixbdesde1rtugm.jpg)
चीनबाट ६५ अर्बका सामान आयात हुँदा नेपालबाट करिब २ अर्बको निर्यात
![दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?](https://snowberry.prixacdn.net/media/gallery_folder/cow_SOC0wtad0E_oikwqmycatbke8ezoenrt1ixoclqmrmvhf5ufwrsvyumg1spu4gf7mmkukag_37VL6WMcIJ_f2kmsrlnzencme6vh5zfdqzyf20sn4ccdwcd9sfz6d9zczaswpimrktam5rg.jpg)
दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?
![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://snowberry.prixacdn.net/media/gallery_folder/yarsha_UB7go46cQT_i3ij1jargtjnxuoeagvl0tmqugfol81x349jirbsccalfvcieeluekkypc8x_AOgj1Ej4ed_m1zkwecffypzuc1ucfno6qvxann5wifbvxzhdc1rukstybuf1ll8jemmk10t.jpg)
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_mvIOiNh74J_0x9v4q0rowcit7ewqjyjgodnbhi7jccnoizsmjjo2npzpueyaakqbecz1vkw.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_rkmPJq0uk7_4iinfxyoxph2rpwggdkronxnr5wthyidraqscyhfkdf0ad03qt2ocdwu1qsg.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_l62CwC6CXE_jhptbajsj2azymtnshblg2srtteqb8krhtooupplkvh6aujkbyvgldryxpda.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_fWFNhfvFAb_rlbwxhqifqtp7vchzpneoxuikjmvrma6qhckh70zim7gqkh1db8mca715ssn.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_2TB56erZvS_cxp9dvqua1e74isqttrvcfjtzkbvymjef868lakvlg2py9vlhm8gh8ne7ixq.jpg)
प्रतिक्रिया