सन्दीपको नाम आईसीसीले राख्यो नेपाली टिमको सूचीमा

कठमाडौं । इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले अमेरिका र वेष्ट इण्डिजमा जारी आईसीसी पुरुष टी–२० क्रिकेट विश्वकपका लागि नेपाली टिममा पूर्व कप्तान सन्दीप लामिछानेको नाम राखेको छ । आईसीसीले मंगलबार सन्दीपको नाम राखेसँगै नेपाली टिममा १६ खेलाडी अटाएका छन् ।

आईसीसीको वेबसाइटमा समेटिएको नामावली अनुसार टिममा सन्दीपसँगै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल मल्ल, आशिफ शेख, अनिल साह, अविनाश बोहरा, कमल सिंह ऐरी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सागर ढकाल र सोमपाल कामी छन् ।

सन्दीप नेपाली टिममा परेपनि समूह ‘डी’ अन्तर्गत बुधबार बिहान अमेरिकामा हुने श्रीलंकाविरुद्धको खेलका लागि सन्दीप अनुपस्थित हुनेछन् । अमेरिकाले भिसा नदिएका कारण सन्दीपले अमेरिकाको दुवै खेल गुमाउने पुगेका हुन् । तर उनी वेष्ट इण्डिजमा हुने दुवै खेलमा सहभागी हुन पाउने भएका छन् । उनी वेष्ट इण्डिज पुगिसकेका छन् । नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल वेष्ट इण्डिजमा खेल्दैछ ।

प्रतिक्रिया

सम्बन्धित