इटहरीमा अवैध कन्सलटेन्सी छ्याप्छ्याप्ती

तीन सय जनाबाट २० करोड बढी ठगेर सञ्चालक बिक्रम बराइली बेपत्ता

इटहरी ।  मोरङ सुन्दरहरैंचा १० का गणेश थापाले ६ महिना अघि स्थानिय साहुलाइ जग्गा बैना राखी रू ५ लाख ऋण लिए । आर्थिक अवस्था कमजोर रहेका थापाले सथानियस्तरमा काम त भेटे तर कमाएको पारिश्रमीकले घर खर्च टार्न मुस्किल भएपछि बिदेश जाने निर्णय गरे । छिमेकी साथीभाइको लयलयैमा लागेर इटहरीको एक कन्सलटेन्सीमा गएर सर्वियाकालागि रू ढेडलाख बुझाए ।

काम पनि राम्रो कमाइ पनि महिनाको २ लाख हुने लोभ देखाएको कन्सलटेन्सीले भिजा दिन आनाकानी सुरू गर्न थालेपछि उनले आफ्नो एडभान्स रकम र कामजात सबै फिर्ता मागे । कन्सलटेन्सीले सबै प्रकृिया पुरा गरेर एक हप्ता भित्र भिजा दिने नत्र रकम र कागजात फिर्ता गर्ने प्रतिवद्धता जनाए । उनि अब चै बाहिर जाने भनी ढुक्क भए ।तर १५ दिन बित्दा पनि न भिजा आयो न पैसा नै फिर्ता ।कन्सलटेन्सी सञ्चालक नै फरार भएको जानकारी पाएपछि उनी छागाबा६ खसे जस्तो भए । 

थापा जस्तै मोरङ लेटाङका गुञ्जमान श्रेष्ठले पनि सर्वीया जाने भनी श्रीमतिको गरगहना धितो राखेर कन्सलटेन्सीलाइ एडभान्स स्वोरू २ लाख बुझाए तर दुइ महिना बिति सक्दा पनि कन्सलटेन्सीले कुनै चासो र खबर नराखेपछि उनी इटहरीस्थित  कार्यालय पुगे । तपाइको काम १५ दिन भित्रै भइहाल्छ भनेर सञ्चालक बेपत्ता बनेको ६ महिना वित्यो अहिले समम केहि खबर छैन उनले भने । अहिले श्रीमती संग पनि राम्रो सम्बन्ध नभएको उनले बताए भने छिमेकिहरूले समेत गिज्याउन थालेको बताउछन । 

त्यस्तै सिरहाका प्रदिप यादवले सञ्चालक भेटेभने मारेर जेल जाने बताए । भएको ७ धुर जग्गा बेचेर ५ लाख रकम बुझाएको उनले यसरी ठगेर हिडेपछि जहा भेट्छु त्यहि छपकाउछु भन्दै आक्रोश पोखे । यि माथीका घटना र जोडिएका पात्रहरू इटहरीस्थित इ टु डब्ल्यु कन्सलटेन्सीको हो । उक्त कन्सलटेन्सीले  २ सय भन्दा बढी सर्वसाधरणबाट २० करोड भन्दा बढी रकम ठगेर बेपत्ता भएपछि यसबाट ठगिएकाहरू घर न घाटको बनेका छन । 

नेपाली बिद्यार्थीहरूलाइ उच्च शिक्षाकालागि अन्तराष्ट्रिय स्तरका कलेजहरूसंग समन्वय तथा सहकार्य गरी पठाउने काम कन्सलटेन्सिको हो तर सम्बन्धित निकायले अनुगमन नगरिदिदा सुनसरीको इटहरीमा कन्सलटेन्सिको नाममा ठगी धन्दा मौलाएको पाइएको छ । बिद्यार्थीहरूको मनोवल उच्च बनाउन उचित परामर्श प्रदान गर्ने कन्सलटेन्सीहरू अहिले म्यानपावरमा परिणत हुन थालेका छन । आखै अगाडी ठगी मौलाइरहेको देखेपनि सम्बन्धित निकाय वैदेशिक रोजगार बिभाग , श्रम तथा रोजगार कार्यालय , स्थानीय स्तरका वैदेशिक रोजगार व्यवसायी संघ , प्रहरी प्रसाशन टुलु टुलु रमिता हेरेर बस्न बाहेक केहि गर्न सकेको छैन । 

सम्बन्धित निकायको लाचारी पनकै कारण अवैध कन्सलटेन्सीका कारण शयौ मानिसहरू ठगिन बाध्य बनेका छन । सुनसरीको इटहरीमा पनि यस्तै घटना सार्वजनिक भएको छ । इटहरी उपमहानगरपालिका ६ स्थित इ टु डब्लु (भ्द्दध्) कन्सलटेन्सीबाट दुइ सय भन्दा बढी मानिसहरू ठगिन पुगेका छन । युरोपियन देशहरूमा राम्रो रोजगारीको अवसर पाइने भन्दै सो कन्सलटेन्सीले २ सय भन्दा बढी मानिसहरूबाट डेढ लाख , अढाइ लाख र ५ लाखका दरले रकम उठाएर सञ्चालक फरार भएपछि उनिहरू ठगिएका हुन । 

 क्यानडा , पोर्चुगल , सर्विया ,साइप्रस,रोमानीय लगायतका देशहरूमा राम्रो कमाइ हुने र काम पनि सहज पाइने भन्दै इटहरी ,धरान , सुन्दरहरैचा ,बिराटनगर ,सिरहा , सप्तरी लेटाङ लगायतका शहरहरूका दुइ सय बढीलाइ ठगेर कन्सलटेन्सी सञ्चालक बिक्रम बराइली बेपत्ता भएका हुन । 

बराइलीबाट ठगिएपछि आफुहरूको बिल्लीबाठ भएको पिडितहरूले बताएका छन । स्थानिय साहुबाट चर्काे ब्याजमा ऋण लिएर कन्सलटेन्सीमा बुझाएको तर भिजा आउछ भन्दै सञ्चालक दर्नाल नै बेपत्ता बनेपछि आफुहरूको रकम डुबेको पिडितहरूको भनाइ छ ।स्थानीय साहुलाइ जग्गा धितो राखेर चर्काे ब्याजमा ऋण लिएर कन्सलटेन्सीलाइ बुझाएका लेटाङ  ४ का माहन बस्नेत क्यानाडा पठाइदिने भन्दै एडभान्स स्वोरूप रू ३ लाख उक्त कन्सलटेन्सीलाइ बुझाएको बताउछन । रकम बुझाएको २ महिना भित्र भिजा आइसक्ने र बाकीको ८ लाख त्यतीबेलै बुझाउन कन्सलटेन्सीले भनेको तर एडभान्स बुझाएको ३ महिना बित्दा पनि कुनै खबर नआएपछि इटहरीस्थित कार्यालयमै पुगेर बुज्दा १५ दिन भित्र भिजा आइसक्ने कन्सलटेन्सी सञ्चालक बिक्रम बराइली स्वयमले भनेको तर त्यसको एक महिना पछि बेपत्ता भएपछि आफ्नो रकम डुबेको उनले सुनाए ।

फरार सञ्चालक बिक्रम बराइलीकाे खोजी गरी आफुहरूको रकम फिर्ता गराइदिन र नियम बिपरित सञ्चालन भएको हो भने कन्सलटेन्सी नै खारेज गरिदिन पीडितहरूले माग राखेका छन । पिडितहरूले सोमबार कन्सलटेन्सीको कार्यालयमा तालाबन्दी समेत गरेका छन । 

कन्सलटेन्सीबिरूद्ध गुनासो आए लगत्तै स्थलगत अनुगमन गर्ने क्रममा पीडितहरूको कुरा सुनेको र त्यहाको बस्तुस्थिती बारे अध्यन गरी फर्किएकोले  अब कन्सलटेन्सीबिरूद्ध अनुसन्धान हुने र दोषी देखिए कानुन अनुसारको कार्वाहि हुने श्रम तथा रोजगार कार्यालयका शाखा अधिकृत डम्मरू वल्लभ वरालले बताए । इटहरीमा कन्सलटेन्सीहरू बिद्यार्थी पढाउने बहानामा मान्छे उडाउने काम गरिरहेकाले त्यस्ता अवैध सेन्टरहरूको खोजी गरी सम्बन्धित निकायहरूले कार्वाहिको दायरामा ल्याउनुपर्ने वैदेशिक रोजगार व्यवसायी संघ सुनसरीका अध्यक्ष दुर्गा थापाले बताए । इटहरीमा नेपाली बिद्यार्थीहरूलाइ उचित परामर्स दिने र देश बाहिरका कलेजहरूसंग सहकार्य गरी उनिहरूलाइ पठाउने यस्ता कन्सलटेन्सीहरू २ दर्जन बढी सञ्चालनमा छन । 

प्रतिक्रिया

सम्बन्धित