अल्काराजले जिते फ्रेन्च ओपनको उपाधि

काठमाडौं / फ्रेन्च ओपनको उपाधि कार्लोस अल्काराजले जितेका छन् ।

स्पेनिस खेलाडी अल्काराजले जर्मनी का अलेक्ज्यान्डर ज्वेरेभलाई पाँच सेटमा पराजित गर्दै फ्रेन्च ओपन ग्राण्डस्लाम जितेकाह उन । फाइनलमा २-१ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अल्काराज च्याम्पियन बनेका थिए । उनले ६-२, २-६, ७-५, ६-१, ६-२ ले जितेका थिए ।

आफ्नो पहिलो फ्रेन्च ओपनको उपाधि जितेका २१ वर्षीय अल्काराज क्ले, हार्ड र ग्रास गरी तीनवटै कोर्टमा ग्रान्डस्लाम जित्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । उनले स्पेनकै लिजेण्ड रफायल नाडालको कीर्तिमान तोडेका हुन् ।

यसअघि उनले २०२२ मा यूएस ओपन हार्ड कोर्ट र २०२३ मा विम्बल्डन ग्रास कोर्ट ग्रान्डस्लाम जितिसकेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित