प्रहरीको आँखा अगाडी खुलेआम वालविवाह, प्रशासन मौन

महोत्तरी /  महोत्तरीको बर्दिवासमा प्रशासनको आँखा नै अगाडी खुलेआम वालविवाह भएको छ । बर्दिवासस्थित वडा नं १२ को बिजलापुरामा कानुनलाई समेत चुनौती दिदै प्रहरीको आँखा अगाडी वालविवाह भएको हो ।

कानुनले बर्जित गरेको वालविवाहमा प्रहरी आफै प्रत्यक्षदर्शी वन्दा पनि रोक्न नसकेको स्थानियहरुले आरोप लगाएका छन । जन्मदर्ता अनुसार केटीको उमेर १६ बर्ष ६ महिनामात्र देखिएको छ भने केटाको उमेर २० भन्दा बढी भएको अभिभावकहरुले वताए ।

केटीका वुवा हकिम बैठाले आफ्नी छोरीलाई ललाई-फकाई प्रलोभनमा पारेर केटाले भगाएको भन्दै दुई हप्ता अगाडी ईलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी समेत दिएका थिए ।

अभिभावकहरुको उपस्थितिमा केटा र केटीलाई आफ-आफ्ना घर फर्काउने सहमति भएर छाडेको प्रहरी कार्यालयको भनाई छ तर २७ जेठमा एकाएक गाँउमा अभिभावकहरुमा सहमति वनेर मुस्लिम संस्कारअनुसार विवाह भएको स्थानीय हरदेव महतोले वताए ।

विवाह हुने गाँउभरी हल्ला चलेपछि स्थानियहरुले प्रहरीलाई खवर गर्दा पनि उनीहरु घटनास्थलमा नआएको स्थानियहरुको गुनासो छ । तर प्रहरीले भने यो बिषयमा जानकारी नभएको दावी गरेको छ ।

केटा र केटीका अभिभावक निर महम्मद बैठा र हकिम बैठालाई सहमति गराएर विवाह नगराउने सर्तमा छाडेको तर कानुनविपरित विवाह भएको रहेछ भने कानुनीरुपमा नै उपचार खोज्ने इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमण पोखरेलले वताए ।

स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्ष रामकिशोर साहले पनि वालविवाह भएको स्वीकार गरेका छन । 'स्थानियहरुले मलाई पनि फोन गरेर जानकारी गराएका छन ।' अध्यक्ष साहले भने । 'रातारात मौलीको सहमतिमा विवाह भएको र भोज पनि खाएको सुनेको छु, म आफै त्याँहा जादै छु ।'

 

प्रतिक्रिया

सम्बन्धित