लालबन्दीको चुरे क्षेत्रबाटहाल सम्मकै ठूलो परिमाणमा गाँजा बरामद , एसपी आफै खटिएका थिए मैदानमा

 सर्लाही । संयुक्त प्रहरी टोलीले सर्लाहीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालय, लागू औषध नियन्त्रण व्यूरो जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नम्बर १० गण सर्लाहीको संयुक्त टोलीले सर्लाहीको लालबन्दी नगरपालिकाक वडा नम्बर- १४ स्थित लंगुर डाँडा भन्ने ठाउँबाट १६ क्विन्टल १२ किलो ८ सय ५० ग्राम गाँजा बरामद गरेको हो। 

मान्छे नबस्ने गरेको घरमा भन्डारण गरेको अवस्थामा ठूलो परिणाममा गाँजा बरामद गरिएको जिज्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए। ई तले काठको घरमा ठूला ठूला १६ वटा ड्रम र बोरामा भण्डारण गरेर राखेको अवस्थामा गाँजा बरामद गरिएको उनले बताए। गाँजासँगै प्रहरीले १६ थान ड्रम, गाँजा च्याप्ने मेसिनसहितका सामान पनि बरामद गरेको छ। 

सर्लाही लालबन्दीको चुरे क्षेत्रमा हरेक वर्ष प्रहरीले गाँजा फँडानी गर्दै आएको छ। यस वर्ष पनि त्यस क्षेत्रमा गाँजाको उत्पादन, प्रशोधन, भन्डारण र विक्रिबितरण भइरहेको भनेर प्राप्त भएको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले गाँजा बरामद गरेको हो। गाँजा बरामद गर्न नेपाल प्रहरीका एसपीको कमाण्डमा ८० जना र सशस्त्र प्रहरी डीएसपीको कमाण्डमा ४५ जना प्रहरी लंगुर डाँडामा पुगेका थिए। 

प्रतिक्रिया

सम्बन्धित