आजकाे माैसम : काेशीमा बिहान पानी परेपनि दिउसाे घाम लाग्ने : अन्य प्रदेशमा के हुदैछ ?

इटहरी ।  अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

आइतबार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित