भारतकी नव निर्वाचित सांसद कङ्गनालाई थप्पड हान्ने सुरक्षाकर्मी ‘निलम्बित’

एजेन्सी । भारतीय जनता पार्टीकी नव निर्वाचित सांसद एवं बलिउड अभिनेत्री कङ्गना रनौतलाई थप्पड हान्ने सुरक्षाकर्मी निलम्बनमा परेकी छिन् ।

बिहीवार भारत पञ्जाबको चन्डीगढ एयरपोर्टमा कङ्गनालाई एकजना सुरक्षाकर्मी महिलाले थप्पड हानेकी थिइन् । कङ्गनाले घटनाबारे आफ्नो सामाजिक सञ्जालमा जानकारी दिएकी छिन् । एयरपोर्टमा चेकजाँचको क्रममा ती सुरक्षाकर्मी महिलाले आफूलाई थप्पड हानेको र अपशब्द प्रयोग गरेको पनि कङ्गनाले बताएकी छिन् । घटनापछि प्रहरीले तत्काल ती महिलालाई नियन्त्रणमा लिएको थियो ।

चन्डीगढ एयरपोर्टको सार्वजनिक एक भिडियोमा ती महिलाले किसान आन्दोलनमा मान्छेहरू सय रुपैयाँमा आन्दोलन गर्न आइपुग्ने गरेको कङ्गनाले बयान दिएको बताइरहेकी छिन् । कङ्गनाले हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा हिमाचल प्रदेशको मन्डी लोकसभा सिटबाट भाजपाले दिएको टिकटमा विजयी भएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित