इटहरी सिमरवनाकी दुर्गा रिमालको विराट नर्सिङ होममा मृत्यु , चिकित्सकले ओभर डोज देको परिवारको आरोप

इटहरी । सुनसरीकाे इटहरी ५ सिमरवनास्थित स्थानिय दुर्गा रिमाल  (घिमिरे)काे उपचारकाे क्रममा शैकासपद मृत्यु भएपछि बिराटनगरकाे  विराट नर्सिङ होम केहि समय तनावग्रस्त बनेकाे छ ।

बुधबार सामान्य पेट दुखेकाे भन्दै डाक्टरकै सललाह अनुसार अस्पताल भर्ना भएकि रिमाललाइ बिराट नर्सिङ हाेमका चिकित्सकले बिहिबार दिउसाे मृत घाेषणा गरेपछि अस्पताल परिसर तनाब ग्रस्त बनेकाे हाे । पिडित परिवारका अनुसार चिकित्सकहरूले अत्याधिक औषधि प्रयोग गरेपछि निधन भएको बताएका छन ।  

एकै पटक लगातार पाँच वटा भन्दा बढी सिरिन्जबाट औषधि चलाएको र शरिरले पनि धान्न नसकेर रिमालकाे मृत्यु भएकाे परिवारकाे भनाइ छ ।   डाक्टरहरू भानु न्यौपाने र डाक्टर ललित राजवंशीको लापरबाहीको कारण बिरामीको मृत्यु भएको परिवारजनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित