निर्देशक सुदर्शन थापा हाजिरी जमानीमा छुटे

इटहरी । चलचित्र ‘प्रसाद–२’ को विवादमा पक्राउ परेका निर्देशक सुदर्शन थापा रिहा भएका छन् । सोमबार दिउँसो फिल्म ‘रावायण’ को दोस्रो चरणको छायांकन सुरु गर्ने बेला बालुवाटारको एक होटलबाट पक्राउ परेका उनलाई बुधबार काठमाडौं जिल्ला अदालतले जिम्मा जमानीमा रिहा गर्न आदेश दिएको हो ।

मालीगाउँ प्रहरीले पक्राउ गरेर निर्देशक थापालाई बौद्ध प्रहरी वृत्तमा बुझाएको थियो । जिल्ला अदालतबाट दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको प्रहरीले बुधबार उनलाई पुनः अदालतमा उपस्थित गराएको थियो । त्यसपछि अदालतले उनलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो ।

गत असोजमा ‘प्रसाद–२ ’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा सुदर्शनविरुद्ध उजुरी दिएका थिए । त्यसबेलै अदालतबाट पक्राउ पूर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए । उनी ‘प्रसाद–२’ का निर्देशक हुन् । निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ ।

प्रतिक्रिया

सम्बन्धित