विश्व वातावरण दिवसमा सिबि स्कुलका विद्यार्थीहरूले गरे नगर सरसफाइ

इटहरी । विश्व वातावरण दिवसको अवसर पारेर सुनसरीको इटहरीस्थित सिबि स्कुलमा अध्ययनरत विद्यार्थीहरूले ले इटहरीको विभिन्न क्षेत्रमा सरसफाइ गरेका छन् ।

कक्षा ८ देखि १० सम्मका करिब ८० जना विद्यार्थीहरूले इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेललाई भेट गरी वातावरण संरक्षणबारे चासो राख्दै सरसफाइ अभियानमा जुटेका थिए ।

विद्यार्थीहरूले इटहरी उपमहानगरबाट सुरु गरेको सरसफाइ पूर्व लाइन हुँदै मुख्य चौक र धरान लाइन नेपाली सेनाको ब्यारेक छेउ सम्म पुराएर टुङ्ग्याएका थिए । त्यस्तै स्कुलकै कक्षा ५ ,६र ७ मा अध्ययनरत विद्यार्थीहरूले इटहरी ४ को मनोकामना मन्दिर र सो आसपास सरसफाइ गरेका थिए ।

बिद्यार्थिहरूले सरसफाइ सँगै वातावरण संरक्षण गर्दा मानव जीवनमा पुग्ने फाइदा र फाेहोर हुँदा जलवायु परिवर्तनमा पुग्ने असर र मानव जीवनमा हुने नोक्सानी बारे स्थानीय अभिभावकहरूलाई बुझाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित