निजगढ नगरपालिकाले आगामी वर्षको बजेट निर्माणका निम्ती सरोकारवालासँग छलफल गर्दै

 बारा /  बाराको निजगढ नगरपालिकाले यस पटकको बजेट निर्माणमा शिक्षा, स्वास्थ्य, कृषि र खानेपानिलाई प्राथमिकता दिने भएको छ । साथै पालिकाले पहिले पटक बजेट निर्माणमा नगरवासीको राय र सुझाव संकलन गर्न सरोकारवालासँग छलफल गर्न तिन दिने अभियाननै सुरु गरेको हो । 

बाराको निजगढ नगरपालिकाले बजेट र नीति तथा कार्यक्रम तयार पार्ने सरोकारवालासँग सोमबारबाट छलफल सुरु गरेको छ । नगरपालिकाले सरोकारवालाहरुसंगको सल्लाह र सुझावको आधारमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट, नीति तथा कार्यक्रम तयार गर्न नगरपालिकाको सभाहालमा सोमबार बिहान ८ बजेबाटनै सरोकारवालाहरुसँग छलफल थालेको हो । 

नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम तय गर्न जेठ २१ गतेदेखि २३ गतेसम्म सरोकारवालासँग छलफल गर्ने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले भने,‘हामीले सार्वजनिक रुपमा सूचना प्रकाशन गरेर छलफल गर्ने तालिका नगरवासीसम्म पुर्याएका छाँै । एकैपल्ट सबै सरोकारवालासँग छलफल गर्दा उपयक्त सुझाव नआउने भएकाले विषयगत विषयमा सोही विषयसंग सम्बन्धीत व्यक्तीहरुको उपस्थितीमा आजबाट तिनदिन सम्म रार्य सुझाब लिएर बजेट निर्माण गर्ने तयारीमा छौँ ।’

नगरपालिकाले सोमबार बिहान ८ बजे नगरपालिकामा अवस्थित संघ संस्था र सोही दिन दिउसो ३ बजे नगरपालिका क्षेत्राधिकारभित्र सञ्चालित सहकारी संस्थाहरुका प्रतिनिधिहरुसंगै छलफल गरेको छ । यस्तै मंगलबार बिहान ८ बजे विद्यालयका प्रधानाध्यापकहरु र सोही दिन दिउसो ३ बजेबाट सामुदायिक वनका प्रतिनिधिहरुसँग छलफल गर्ने जनाएको छ । 
यस्तै जेठ २३ गते ८ बजेबाट स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुसँग नगरपालिकाले छलफलका साथै टोल विकास समिति, स्थानीय उपभोक्ता समिति तथा नगरबासीले सम्बन्धित वडाको वडास्तरीय योजना तर्जुमा बैठकमार्फत सुझाव पेस गर्न समेत निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले अनुरोध गरेका छन । नगरप्रमुख पुरीले भने,‘शिक्षा, स्वास्थ्य, कृषि र खानेपानिलाई सहजरुपमा नगरवासी सम्म पुर्याउन बजेटमा प्राथमिकता नगरले दिनेछ, त्यसबाहेक यहाँका सरोकारवालासँग छलफल आउने सल्लाह र सुझाव तथा आवश्यकतालाई समेत मध्यनजर गर्दै हामीले आगामी असार १० गते निती तथा कार्याक्रम प्रस्तुत गर्ने तयारीमा छौँ ।’

यसबाहेक छलफलमा आउन नसकेका नगरबासीहरुले ईमेलमार्फत समेत बजेट, नीति तथा कार्यक्रमको सम्बन्धमा सुझाव पेस गर्न सकिने व्यवस्था नगरपालिकाले मिलाएको निजगढ नगरपालिकाका सुचना अधिकारी रविन घिमिरेले जानकारी दिए । 
 

प्रतिक्रिया

सम्बन्धित