पश्चिम बंगालमा भाजपालाई हराउँदै अभिनेता शत्रुघ्न सिन्हा विजयी

नयाँदिल्ली । भारतीय लोकसभा निर्वाचनको मत गणना आउने क्रम जारी छ । पश्चिम बंगालको असनसोलबाट तृणमूल कंग्रेस (टिएमसी) का शत्रुघ्न सिन्हाले जित हासिल गरेका छन् ।

सिन्हा ५९ हजार पाँच सय ६४ मतले विजयी भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्समा उल्लेख छ । उनले भारतीय जनता पार्टीका सुरेन्द्रजित सिंह अहलुवालियालाई पराजित गरेका हुन् । योसँगै उनी लोक सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका हुन् ।

सिन्हा एक भारतीय अभिनेता पनि हुन् । योसँगै ममता बेनर्जीको नेतृत्वमा रहेको तृणमूल कंग्रेस (टिएमसी) ले पश्चिम बंगालमा सहजै बहुमतको पार्टी बनाउन सक्ने छ । पछिल्लो मतगणनाको तथ्यांकअनुसार, टिएमसीले ४२ मध्ये २९ सिटहरूमा अग्रता लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित