भारतमा एनडीएलाई बहुमत, मोदीले गरे ह्याट्रिक

नयाँदिल्ली । भारतमा लोकसभाको सम्पूर्ण परिणाम आएको छ । पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २४० सिटमा जित हासिल गरेको छ । भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई बहुमत प्राप्त भएको छ । यो गठबन्धनले २९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ ।

भाजपाका एक उम्मेदवार भने यस अघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । त्यस्तै एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले २२४ सिटमा जित हासिल गरेको छ । काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७ सिट, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, तृणमूल काङ्ग्रेस २९ सिट, शिवसेना (उद्धव ठाकरे) ९ सिट, एनसीपी (सपा) ले आठ सिटमा जित हासलि गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वनारसबाट चुनाव जिते । कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकाले । उत्तर प्रदेशमा भाजपालाई ठूलो धक्का लागेको छ । उसले अघिल्लो चुनावमा ६४ सिट जिजेकोमा यो पटक ३३ सिटमा समेटिएको छ । समाजवादी पार्टीले यहाँ ३७ सिट ल्यायो । छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडीएले लगातार तेस्रो सरकार बनाउने बताएका छन् । लोकसभा चुनावको नतिजापछि यहाँ भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई प्रधानमन्त्री मोदीले भने, ‘जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई विश्वास गरेका छन् ।’ उनले सन् १९६२ पछि पहिलो पटक दुई कार्यकाल पूरा गर्ने सरकारले लगातार तेस्रो कार्यकाल पाएको छ दशकपछि ‘नयाँ इतिहास’ रचिएको धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित