सिटिजन्स बैंकका डेपुटी सीइओ काफ्लेको हृदयघातबाट निधन

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ प्रकाश कुमार काफ्लेको हृदयघातका कारण निधन भएको छ ।  बैंकका एक उच्च अधिकारीले उनको निधनको खबर पुष्टी गरेका छन् । एक कार्यक्रमका लागि उनीसहित बैंकको सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएको थियो । काफ्लेको श्रीलंकामै निधन भएको जनाइएकाे छ ।

 ‘बिफिनको कार्यक्रमका लागि सिटिजन्स बैंकको उच्च व्यवस्थापनसहितको टोली पनि श्रीलंका गएको थियो । श्रीलंकाबाट फर्किनुपूर्व नै उनको निधन भएको हो ।’ बैंकका एक उच्च अधिकारीले  भने, ‘बैंकले निकै राम्रो मान्छे गुमाएको छ ।

उनी बिगत लामो समयदेखि सिटिजन्स बैंकमा कार्यरत थिए । उनको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया अगाडी बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित