१० तले सरकारी भवनबाट हामफालिन् २७ वर्षीया युवती, साथमा भेटियो यस्तो पत्र

एजेन्सी । भारतको मुम्बईमा एक २७ वर्षीया युवतीले सरकारी भवनको १० औं तलाबाट हामफालेर प्राण त्यागेकी छिन् । महाराष्ट्र क्याडर आईएएस अधिकारी विकास रस्तोगी र राधिका रस्तोगीकी २७ वर्षीया छोरी लिपी रस्तोगीले सरकारी भवनको दशौं तलाबाट हामफालेर आत्महत्या गरेकी हुन् ।

विकास रस्तोगी शिक्षा विभागका सचिव हुन् भने राधिका रस्तोगी मुद्रा विभागकी सचिव । लिपीले सोमबार बिहान ४ बजे नरिमन पोइन्टस्थित सरकारी निवासको १०औं तलाबाट हाम फालेको प्रहरीले जनाएको छ । उनलाई तत्काल जीटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले लिपी डिप्रेसनमा रहेको दाबी गरेको छ । उनी हरियाणाको सोनीपतमा एलएलबी पढ्दै थिइन् र आफ्नो पढाइप्रति तनावमा थिइन् । प्रहरीले सुसाइड नोट पनि फेला पारेको जनाएको छ । जसमा उनले आफ्नो मृत्युका लागि कसैलाई दोष नदिन भनेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित