काठमाडाैंबाट इटहरी आउदै गरेकाे हायस उदयपुरमा दुर्घटना : इटहरी र रामधुनीका यात्रुहरू घाइते

इटहरी ।  काठमाडाैंबाट इटहरीकाे लागि छुटेकाे बा ५ ख ६२१३ नम्बरको हायस उदयपुरकाे त्रियुगा नगरपालिका-७ कालीखोला नजिकै सिरुटारमा सोमबार दुर्घटना हुदा हायसमा सवार १४ जना मध्इे १० जना घाइते भएका छन । घाइते मध्ये दुइ जनाकाे अवस्था गम्भिर रहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।   तिब्र गतीमा गुडेकाे हायस नियन्त्रण गुमाएर सडकमै पल्टिएकाे प्रहरी भनाइ छ ।  

घाइते हुनेहरूमा सुनसरी जिल्ला रामधुनी नपा २ झुम्का बस्ने वर्ष ५३ को होमनाथ ओझा, हायसका सह चालक सुनसरी जिल्ला इटहरी उमनपा १७ कान्छीचोक बस्ने वर्ष २३ को सन्तोष बुढाथोकी, सुनसरी जिल्ला रामधुनी नपा १ झुम्का बस्ने वर्ष ४० को नरेन्द्रकुमार चौधारी, मोरङ रतुवामाई नपा ५ घोपाबाद  बस्ने वर्ष ४५ को होमनाथ अधिकारी रहेका छन ।  

यसैगरी सुनसरी जिल्ला इटहरी नपा ५ सिमरवाना बस्ने वर्ष ३२ को रवि पाण्डे, रामधुनी नपा४ लालपुर बस्ने वर्ष ७० को राधा कार्की, रामधुनी नपा २ झुम्का बस्ने योगेन्द्र कार्कीको छोरी वर्ष १७ की अनिसा कार्की, सोही ठाउँकी वर्ष ७० की अमृतमाया कार्की,चालक सुनसरी जिल्ला रामधुनी नपा ४ मानपुर बस्ने वर्ष ३९ को टङ्क श्रेष्ठ र धरान उमनपा ५ ठिङ्गाबारी बस्ने वर्ष २९का  डिल्ली कुमार लिम्बु घाइते  भएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेस थापाले बताए । 

घाइतेहरूको उदयपुर अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धरान पठाइएको र  दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित