राधा सुवेदिकाे "अब तिमी उसैको भयौ "गीतको म्युजिक भिडियो सार्वजनिक

इटहरी । चर्चित साहित्यकार राधा सुवेदिले स्वाेर दिएको अब तिमि उसैको भयौ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साचाे प्रेममा धोका खाएपछि पाएको पिडालाई गीत मार्फत दर्साउँदै निकालिएको म्युजिक भिडियोलाई पूर्वेली इन्रटेनमेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । इटहरीको पर्यटकीय स्थल तालतलैया , इप्पीलेन्ड लगायतका स्थानहरूमा गरिएको छायाङ्कनमा भोजपुरी तथा थार समुदायको सर्ट मुभीबाट डेब्यु गरेकी मोडल बेन्जु धामी , नाट्यकार प्रज्वल काफ्ले र सञ्चिता धमलाले अभिनय गरेका छन् ।

सुरेश चन्द्र दाहाल तथा वसन्त बस्नेतकाे निर्देशन, सुरेस चन्द्र दाहालकाे सम्पादन रहेकाे उक्त भिडियाेमा भने प्राेडक्सन डिजाइन राजन क्षेत्रीले गरेका छन् । भिडियाे दि म्युजिक एरियामा रेकर्डिङ गरिएकाे गीतलाई राधा सुवेदी र गजलकार तथा साहित्यकार भरत गुरागाईँको कन्सेप्टमा म्युजिक भिडियो मार्फत दर्शक माझ सार्वजनिक गरिएको हो ।

साचाे मायामा धोका पाएपछि उत्पन्न पिडालाई गीत मार्फत देखाउन खोजिएको छ । उक्त गीतले हाल राम्रै बजार पाएको छ भने टिकटक लगायतका सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । गीत सँगै बनेको म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाइरहेका गीतकी सर्जक राधा सुवेदी बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित