अम्बानीलाई उछिन्दै अडानी बने एसियाकाे सबैभन्दा धनी व्यक्ति

एजेन्सी । अर्बपति गौतम अडानीले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई उछिन्दै पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अडानी १११ बिलियन अमेरिकी डलरको सम्पतिसहित फेरि एसियाको सबैभन्दा धनी व्यक्ति बनेका इन्डियन स्टार्टअप न्यूजले जनाएको छ ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानी समूहका अध्यक्ष गौतम अडानीको कुल सम्पत्ति शनिबार १११ बिलियन डलर थियो जबकि अम्बानीको कुल सम्पत्ति १०९ बिलियन डलर थियो ।

पछिल्लो ट्रेडिङ सत्रमा अडानी समूहका कम्पनीहरूको शेयर मूल्य बढेपछि यो परिवर्तन आएको हो । अडानी समूहको स्टकले लगानीकर्ताको सम्पत्तिमा १.२३ लाख करोड रूपैयाँ थप्यो र जसका कारण उनीहरूको कुल बजार पूँजीकरण इन्ट्राडेमा १७.९४ लाख करोड भारतीय रुपैयाँमा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित